काठमाडौँ - करिब एक महिनाअघि ‘माया यस्तो होस्’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका युवा गायक दिल विश्वकर्माले नयाँ साङ्गीतिक सौगात ‘तिम्रै लागि’ दर्शकमाझ ल्याएका छन्।
प्रणय दिवसको अवसर पारेर गायक विश्वकर्माले यो म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। गीतमा गायक विश्वकर्माको स्वर, शब्द र सङ्गीत तथा सुदिप सागरको सङ्गीत संयोजन रहेको छ। प्रेमिल जोडी बीचको प्रेम र आकर्षणलाई आधार बनाएर प्रस्तुत गरिएको उक्त भिडियोमा गायक विश्वकर्मा र बिना राउतको अभिनय छ।
नवराज उप्रेतीले छायाङ्कन गर्नुभएको भिडियोमा दिपेन बस्नेतको सम्पादन र सुबोल थापाको निर्देशन रहेको छ। गायक विश्वकर्माको च्यानल ‘दिल विश्वकर्मा अफिसिएल’ मार्फत् उक्त भिडियो सार्वजनिक भएको हो।