गोपाल तिमल्सिनाको गाईजात्रे कमेडी गीत ‘के भो के भो’ सार्वजनिक

काठमाडौँ - गाईजात्रा नजिकिँदै गर्दा गाईजात्रे कमेडी गीत सार्वजनिक हुने क्रम बढ्न थालेका छन्। यस्तैमा कलाकार गोपाल तिमल्सिनाले पनि कमेडी गीत ‘के भो के भो’ सार्वजनिक गरेका हुन्।

तिमल्सिनाले अहिलेको समसामयिक राजनीतिक घटनालाई ब्याङ्ग्यको रुपमा प्रयोग गरेर यो गीत ल्याएका हुन्। गीतमा तिमल्सिनाकै स्वर, शब्द, लय रहेको छ। भिडियोमा अभिनय र निर्देशन उनी आफैले गरेका छन्।

तिमल्सिनाले गत वर्ष ‘खै के खै के’ बोलको गीत ल्याएका थिए। जसमा विकास कार्की, राजकुमार श्रेष्ठ, राम तिमल्सिनाको समेत अभिनय रहेको थियो। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×