काठमाडौँ। लोकप्रिय गायक राजेश पायल राईको आवाज रहेको गीत ‘मयुर जोडी’ सार्वजनिक भएको छ। गीतमा रमेश एमके पौडेलको शब्द रहेको छ भने कन्काइस्ट राईको संगीत रहेको छ।
रामजी लामिछानेले बनाएको गीतको भिडियोमा पुष्प खड्का तथा दीपिशा केसीको अभिनय रहेको छ। त्यसैगरि गीतको भिडियोमा मानकृष्ण श्रेष्ठको छायाँकन, बन्दे प्रसादको सम्पादन रहेको छ। अशोक पोखरेल निर्माता रहेको गीत बोधी एचडीको यूट्यूब च्यानलबाट हेर्न सकिनेछ।
भिडियो: