माओवादी केन्द्रकाे महासचिवमा पम्फा भुसालको दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं ऊर्जा मन्त्री पम्फा भुसालले आफू पार्टी महासचिवको दाबेदार रहेको बताएकी छन्। प्रतिकुल अवस्थामा समेत पार्टीले दिएको जिम्मेवारी पूरा गरेकाले पार्टीले जिम्मेवारी दिए पूरा गर्न सक्ने उनले बताएकी हुन् ।

उनले आन्दोलनको निरन्तरता, सक्रियता, क्रियाशीलता र त्यसबाट हासिल गरेको ज्ञान क्षमता अनुभवको आधारमा आफूले जीम्बेवारी पुरा गर्न सक्ने बताएकी छन् । नेतृत्व विकासमा आवश्यकता र संयोग रहेको बताउँदै जुन आन्दोलनबाट आफूहरु यहाँसम्म पुगेका धेरै सम्भाव्य मानीसहरूमा आफू पनि रहेको उनको भनाइ छ । 

आन्दोलनको निरन्तरता, सक्रियता, क्रियाशीलता र त्यसबाट हासिल गरेको ज्ञान क्षमता अनुभवको आधारमा आफूले उक्तपदको जिम्बेवारी पुरा गर्न सक्ने बताउँदै  यस विषयमा आफूले नेतृत्वको टिमसँग छलफल गर्ने बताईन् ।  उनले अहिले पार्टी नेतृत्वमा प्रचण्डको विकल्पमा अन्य कोही नभएको बताउँदै पार्टी नेतृत्वमा प्रचण्डको जरूरी रहेको बताइन् ।

प्रचण्डको  विकल्पमा अन्य काेही छैन
राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज जसमा नयाँ विचार, नयाँ कार्यदिशा र नयाँ कार्ययोजना हुन्छ, त्यसले झन् प्रचण्डको आवश्यकता अझै बढी महशुस हुने उनको विस्वास रहेको छ । कसैले अध्यक्षले ल्याउने विचार कार्यदिशा कार्ययोजनाभन्दा नयाँ विचार नयाँ कार्ययोजना ल्याउँछ भनेमात्रै पर्टीको नेतृत्व लिन सक्ने नत्र अहिले अर्को विकल्प नरहेको उनले बताइन ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×