काठमाडौँ - महाकाली नदी किनारका समुदायमा लागू गरिएको दक्षिण एशियाली सीमा नदीको सामुदायिक सदुपयोग, ‘ट्रोसा’ परियोजना स्थानीय सरकार तथा समुदायलाई हस्तान्तरण गरिएको छ।
ट्रोसा परियोजना सम्बन्धमा धनगढीमा आयोजित दुईदिने कार्यशालामा सहभागी स्थानीय सरकारका प्रमुख तथा समुदायका प्रतिनिधिलाई परियोजना हस्तान्तरण गरिएको हो। कार्यशालामा सहभागी सरोकारवालाले परियोजनालाई आगामी दिनमा पनि निरन्तरता दिन चारबुँदे प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर जिल्ला हुँदै बग्ने महाकाली नदी किनारमा बस्ने समुदायमा यो परियोजना पाँच वर्षअघिदेखि कार्यान्वयनमा ल्याइएको थियो।
सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)का संस्थापक डा. आरजु राणा देउवाले सीमा नदी महाकालीमा आयोग बनाएर काम गर्न जरुरी रहेको सुझाव दिएकी छन्। उनले पाँच वर्षसम्म महाकाली नदी किनारमा बसोबास गर्ने समुदायका निम्ति काम गर्दा यहाँका स्थानीयमा उपलब्धि देखिएको धारणा व्यक्त गरेकी छन्। केन्द्रीय सदस्य डा. देउवाले बाढी डुबानको सम्भावित जोखिमबाट नदी तटीय क्षेत्रका समुदायलाई जोगाउन तथा पानीसम्बन्धी अधिकार र विपद्का विषयमा यो प्रणालीले समयमै सूचना दिने भएकाले यसबाट मानवीय क्षति न्यूनीकरण गर्न समेत सहयोग पुगेको बताइन्।
परियोजनाका राष्ट्रिय निर्देशक कृष्णकुमाल श्रेष्ठले परियोजनले सञ्चालन गरेका हुन्।