पूर्वअध्यक्ष थापालाई फिफाको चेतावनी

काठमाडौँ - प्रतिबन्धमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापालाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबलसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ। फिफाले बुधबार थापामाथिको प्रतिबन्धको स्मरण गराउँदै फिफाका अधिकृत मुख्य केनी जिन मारी र एएफसीका उपमहासचिव वाहिद कर्दनीले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेखेका हुन्।

‘विवादित प्रतिबन्ध रहेसम्म फिफा एन्फा र यस सम्बन्धित सदस्यहरुले गणेश थापालाई राष्ट्रिय वा अन्तर्राष्ट्रिय कुनै पनि प्रकारको (व्यवस्थापकीय, खेल वा अन्य) फुटबल गतिविधिमा संलग्न हुन नदिने अपेक्षा गर्दछ,’ फिफाको पत्रमा उल्लेख छ। पत्रमा फिफाले एन्फालाई निर्णय उल्लंघन गरेमा थप कारबाहीका लागि फिफा अनुशासन समितिमा रिर्पोट गर्न भनेको छ।

यसअघि फिफाको सन् २०१५ मा नैतिक कमिटिको न्यायिक चेम्बरले थापालाई उपहार तथा अन्य सुविधा दिने, लिने र घुसखोरी र भ्रष्टचार गरेका भन्दै १० वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेका थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×