काठमाडौँ - गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार’ सार्वजनिक भएको छ। अजय पोखरेलको शब्द तथा इन्द्र दाहालको सङ्गीत निर्देशनको याे गीतमा विशाल निरौलाको संगीत संयोजन रहेको छ।
विक्रम चौहानको निर्देशनमा रहेको गीतको भिडियोमा शिल्पा पोखरेल र विक्रम बुढाथोकीको अभिनय रहेको छ। प्रकाश खड्काको छायाँकन रहेको भिडियोमा दृश्य सम्पादन मिलन विश्वकर्माले गरेका छन्।