काठमाडौँ - नम्रता सापकोटा अभिनेत्रीको रुपमा सफल हुन् सकेकी छैनन्। उनले केही फिल्ममा राम्रो अभिनय गरेता पनि दर्शक माँझ राम्रो फ्यान फ्लोअर्स पाइनन्।
यद्यपि उनी पछिल्लो समय भिडियोमा व्यस्त छिन्। उनलाई सानो पर्दामा दर्शकले रुचाएका छन्। यिनै नम्रताले हालै रिलिज भिडियो ‘काली’ को पत्रकार सम्मेलनमा नेगेटिभ रोल प्रतिको आकर्षण पोखिन्।
‘मलाई सधैँ फरक गर्ने रहर हुन्छ। म आफूलाई नम्रता भन्दा पनि क्यारेक्टरको रुपमा चिनाउन चाहन्छु’ उनले भनिन्। उनले आफू एन्टागोनिस्ट बन्ने रहर भएको बताइन। ‘मलाई फरक भूमिका गर्ने मन छ। म नेगेटिभ क्यारेक्टर प्ले गर्न लालायित छु’ उनले भनिन्।
फिल्ममा आफूले सधैँ केही फरक गर्न चाहने भन्दै उनले अब खलनायिकाको रुपमा अफर आएको खण्डमा स्वीकार गर्ने तर्क गरेकी छिन्।