काठमाडौँ। दक्षिण भारतीय चलचित्र उद्योगकी लोकप्रिय अभिनेत्री रश्मिका मंदानाले हालै प्रेम र विवाहका बारेमा मुख खोलेकी छिन्। रश्मिका मंदानाले एक अन्तर्वार्तामा अभिनेता विजय देवरकोण्डासँगको सम्बन्धका बारेमा पनि बताएकी छिन्। उनले भनिन् यो सब एक कलकारको जीवनको अंश हो। त्यसैले अब उनले यस्ता कुरामा कुनै प्रतिक्रिया नजनाउने समेत बताएकी छिन्। साथै उनले विवाहका बारेमा बोल्दै बताइन् कि अहिले उनी विवाहका लागि निकै सानी छिन्। त्यसैले उनले यसको बारेमा सोचेकी छैनन्।