जुम्ला - नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाले विद्युत्को अनलाइन बिल भुक्तानी सेवा सुरु गरेको छ। मङ्गलबार नेपाल विद्युत् प्राधिकरण जुम्लाले एक सूचना जारी गर्दै अनलाइन भुक्तानी सेवा सुरु गरेको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ।
वितरण केन्द्रले अब अनलाइन भुक्तानीबाट बिल तिर्न सकिनेछ। जहाँबाट जहिले अनलाइनबाट विद्युत्को बिल तिर्न सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख नरेश रावलले जानकारी दिए। अनलाइनमार्फत बिल भुक्तानी गर्दा कार्यालय धाउनुनपर्ने सेवाग्राहीलाई सहज र झन्झटरहित भएको कार्यालय प्रमुख रावलले बताए।
सो अनलाइन सेवाले गर्दा सेवाग्राहीलाई छिटोछरितो र आफ्नो समय अनुकूल भुक्तानी गर्न सकिनेछ। सेवाग्राहीले अनलाइन भुक्तानी गर्दा महसुल सङ्कलन काउन्टर थप गर्नु नपर्ने, जनशक्ति माथिको लागत घट्ने र भएका जनशक्तिलाई अन्य कार्यमा लगाउँदा प्रभावकारी सेवा दिन सकिने केन्द्रले जनाएको छ।