काठमाडौं- जारी आईपीएलमा लखनऊ सुपर जायन्टका कप्तान हुन् केएल राहुल। हिजो भएको खेलमा उनले अविजित १०३ रनको शानदार शतकीय पारी समेत खेले।
मुम्बई इण्डियन्स हिजोको खेलमा ३६ रनले हार्यो। तर, जित हासिल गरेको लखनऊको टोली र यसका कप्तान केएल राहुल भने संकटमा फसेका छन्। एकातर्फ स्लो ओभर रेटका कारण आईपीएलको गभर्निङ काउन्सिलले पूरै टीमका खेलाडीलाई प्रतिखेलाडी ६ लाख भारु वा म्याच फीको २५ प्रतिशत जरिवाना तोकेको छ भने, कप्तानलाई २४ लाख भारुको जरिवाना तोकेको छ।
अर्कोतर्फ स्लो ओभर रेटका कारण केएल राहुल प्रतिबन्धमा पर्ने खतरा बढेको छ।
आईपीएलको यो संस्करणमा लखनऊले दोस्रो पटक जरिवाना भोगेको छ। र अब तेस्रो पटक स्लो ओभर रेट भएमा लखनऊका कप्तान केएल राहुलमाथि एक खेलको प्रतिबन्ध लाग्नेछ। यस्तै तेस्रो पटकसम्म स्लो ओभर रेटका कारण जरिवाना भएमा ३० लाख भारुको जरिवाना तिर्नुपर्नेछ।