म्यानचेस्टर युनाइटेडले गर्यो क्यासेमिरोलाई सार्वजनिक

काठमाडौँ - इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले ब्राजिलियन मिडफिल्डर क्यासेमिरोलाई सार्वजनिक गरेको छ। स्पेनिस क्लब रियाल मड्रिडबाट क्लब भित्र्याएका क्यासेमिरोलाई युनाइटेडले सोमबार राति ओल्ड ट्राफोर्डमा सार्वजनिक गरेको हो।

प्रिमियर लिगअन्तर्गत युनाइटेड र लिभरपुलबीचको खेलअघि उनलाई सार्वजनिक गरिएको हो। गएराति सम्पन्न खेलमा युनाइटेडले लिभरपुललाई २-१ ले हराएको छ।

३० वर्षीय क्यासेमिरोले युनाइटेडसँग ४ वर्षको लागि सम्झौता गरेका छन्। क्लबले थप १ वर्ष सम्झौता थपको लागि विकल्पसमेत दिएको छ। सन् २०१३ मा ब्राजिलियन क्लब साओ पाउलोबाट रियाल आएका क्यासेमिरोको सम्झौता सन् २०२५ सम्म रहे पनि उनले इंग्लिस क्लब रोजेका हुन्।

उनले स्पेनिस क्लबका लागि ३३६ खेलमा ३१ गोल गरेका छन्। क्यासेमिरोले रियालबाट १८ उपाधि जिते जसमा ५ च्याम्पियन्स लिग तथा  समान ३ ला लिगा, युइएफए सुपर कप, स्पेनिस सुपर कोपा र फिफा क्लब विश्वकप सामेल छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×