'केपी ओली फादर अफ द नेशन हुन्'

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले दसौँ राष्ट्रिय महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

आज मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता बस्नेतले सचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। नेता बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओली नै दसौं महाधिवेशनबाट सर्वसम्मत् अध्यक्ष हुने दाबी गर्दै भने, ‘हाम्रो अध्यक्ष केपी ओलीलाई फादर अफ द नेशनका रूपमा युवाहरूले स्वीकार गरेका छन्, यो महाधिवेशनलाई उहाँलाई सर्वसम्मत् अध्यक्ष बनाउँछ भन्नेमा म विश्वस्त छु।’ ‘जनपरिचालनका हिसाबले हामी यो महाधिवेशनलाई धेरै भव्य र ऐतिहासिक बनाउँछौँ। कुनै दलले अहिलेसम्म गर्न नसकेको जनसहभागिता गराउँछौँ। नारायणी किनारादेखि गैंडाकोट सबै भू–भाग मानवसागरले भरिन्छ,’ उनले भने।
 

‘कम्युनिस्ट पार्टी नेताप्रधान होइन, नीतिप्रधान हुन्छ भनेर पुष्पलालले भन्नुभएको थियो तर नेपालमा नेतृत्वलाई विस्थापित गर्ने भूमिका पनि खेलिएको हामीले पाएका छौं, दुईधारको संघर्षका नाममा नेताहरूलाई खुइल्याउने, कमजोर बनाउने र विस्थापित गर्ने काम पनि यहाँ भएको छ,' उनले भने।

भारतले नरेन्द्र मोदीलाई र चीनले सी चिनफिङलाई अघि बढाएजस्तै यो महाधिवेशनबाट केपी ओलीलाई सर्वमान्य नेताका रूपमा अध्यक्षको हिसाबले अगाडि बढाउन चाहिरहेको उनले उल्लेख गरे।

उनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावललाई उम्मेदवारी फिर्ता गर्न पनि सुझाव दिए। भने, ‘उहाँले दुई कारणले उम्मेदवारी दिएको हुनसक्छ। एउटा अध्यक्षको दाबी गर्दै पार्टीका अन्य भूमिका वा पदमा आफूलाई स्थापित गराउन चाहेको हुनसक्छ। दोस्रो, अध्यक्षमा उम्मेदवारी दिने अनि पराजित भए पनि पार्टीमा बसेर काम गर्न पनि हुनसक्छ। तर भीम रावलले अध्यक्षमा दाबी गरेर राम्रो सन्देश गएन। जसरी पछिल्लो समय उहाँको अभिव्यक्ति उत्तेजक, निराशजनक र अराजक खालको देखिँदैछ, विद्यावारिधि गरेको व्यक्तिलाई अहिले आममानिसले फरक खालले हेर्ने दृष्टिकोण बन्दैछ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×