काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले अहिलेको यथार्थ राजनीतिक परिस्थितिको ठिक मूल्यांकन गर्दै मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको जानकारी दिए ।
कांग्रेससँग सत्ता सहकार्य गर्नेबारे सहमति गरेको एमालेले पनि प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरेको गरिसकेको छ ।यता प्रधानमन्त्री प्रचण्डले भने तत्काल राजीनामा नदिने र संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् ।