काठमाडौँ - नेपाल क्रिकेट संघ क्यानले नेपाल टी-२० लिगका छ फ्रेन्चाइज टीमहरूको मार्की प्लेयर सार्वजनिक गरेको छ।
शनिबार एक विज्ञप्ति निकालेर क्यानले टी-२० लिगका ६ टिमले छानेका मार्की प्लेयरहरुको नाम सार्वजनिक गरेको हो। पहिलो चरणको ड्राफ्टमा रहेका ‘ए’ ग्रेडका खेलाडीहरूलाई टीमले मार्की प्लेयरका रूपमा छानेका छन्।
पोखरा राइनोजले मोहम्मद आशिफ शेख, लुम्बिनी अल स्टार्सले दीपेन्द्रसिंह ऐरी, काठमाडौं कान्तिपुरले ज्ञानेन्द्र मल्ल, सुदूरपश्चिम युनाइटेडले करण केसी, विराटनगर सुपरकिङग्सले रोहितकुमार पौडेल छान्दा जनकपुर रोयल्सले सोमपाल कामीलाई मार्की प्लेयर छानेको छ।
यस्तै, पोखरा राइनोजले ‘ए’ ग्रेडका दुईजना प्लेयलाई पहिले नै खरिद गरेको छ। उसले मार्की खेलाडी आशिफ शेखको अलावा शरद भेषावकरलाई पनि टीममा लिएको नेपाल टी-२० का गभर्निङ काउन्सिलका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिएका छन्।