महत्वकांक्षाको आन्दोलन : मिरा खड्कालाई ३ महिना प्रधानन्यायाधीश पदको स्वाद चाख्न दिने आश्वासन

काठमाडौँ । सर्वोच्च अदालतमा भएको गतिरोधहरुमा न्यायाधीशहरुको महत्वाकांक्षालाई प्रयोग गरिएको स्पष्ट भइ सकेको अवस्था छ । बाहिरी शक्तिहरुले न्यायाधीशहरुको नाजायज आकांक्षाहरुलाई पुरा गर्ने वाचा गर्दै न्यायाधीशहरुलाई हातमा लिएर न्यायालयमा गतिरोध खडा गरेको देखिन्छ ।
अदालत भित्र आन्दोलनको नेतृत्व गरेका न्यायाधीशहरु मध्यका दीपकुमार कार्की र मीरा खड्का पालैपालो प्रधानन्यायाधीशको कुर्सीमा बसेर मन शान्त बनाउने सोचमा रहेको खुलासा भएको छ । उनीहरुको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई हटाएर तीन/तीन महिना भए पनि प्रधानन्यायाधीशको स्वाद चाख्ने तयारी भइरहेको बुझ्नमा आएको छ । यसका लागि उनीहरुले बारका विषेश व्यक्तिहरुको मिलेमतोमा हड्तालको अवस्था सृजना गरेका थिए । श्रोतका अनुसार उनीहरुलाई आफ्नो महत्वकांक्षा पुरा गर्न पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले साथ र सहयोग गरिरहेका छन् । अहिले अदालतमा देखिएको अराजकताको अवस्थामा पूर्वप्रधानन्यायाधीश श्रेष्ठको पनि महत्वपूर्ण हात रहेको स्पष्ट भइ सकेको छ ।
४० दिन पछि अदालत लयमा फर्किए पनि अदालत चल्न नदिने योजना अनुरुप एउटा मुद्दा हेरेर अरुलाई ‘हेर्न नभ्याइने’मा राख्ने गरिएको बुझिएको छ ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×