काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले ओन्टारियोसँगको अभ्यास खेलपनि कसैको समर्थन नभएको ट्वीट गरेका छन्। आईसीसी विश्वक लिग-२ अन्तर्गत स्कटल्यान्ड भ्रमणमा रहेको नेपालली टोलीले शुक्रबार राति त्यहाँको लोकल क्लबसँग अभ्यास खेल खेल्दैछ।
विश्वकप लिग-२ को तयारीमा रहेको समयमा सन्दीपले शनिबार बिहान ट्वीट गर्दै आफूलाई शुन्य समर्थन भएको बताएका छन्। त्यसैले आफू यो लडाई एक्लै लड्ने बताएका छन्।
‘शुन्य समर्थन, चिन्ता छैन, तिमीले यो लडाई एक्लै लड्नु पर्छ’, सन्दीपले ट्वीटमा लेखिएको छ।
ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीपलाई कप्तान नियुक्त गरेपछि उनले पाएको यो जिम्मेवारीलाई अन्य सहकर्मीले समेत सहयोग नगरेको टिप्पणी हुने गरेको छ।
नेपालले क्यानडासँग दुई एकदिवसीय खेल खेल्दैछ। त्यसपछि नेपाली टोली स्कटल्यान्ड प्रस्थान गर्ने छ। स्कटल्यान र नामिवियासँग नेपालले त्रिकोणात्मक सिरिज खेल्नेछ।