`ओ सजन´को सफलतापछी पल र कविताको जोडीलाई लिएर चलचित्र बनाइने

काठमाडौँ। पल शाह र मोडल कविता रायको जोडीलाई लिएर चलचित्र बनाइने भएको छ। पिके फिल्म्सको व्यानरले यो तयारी थालेको हो। केही समय अघि जोडीको अभिनय रहेको म्युजिक भिडियो `ओ सजन´ले दर्शकहरूबाट धेरै माया पाएपछी चलचित्रको निर्माण गरिने भएको हो। उक्त म्युजिक भिडियोको दोश्रो सिक्वल ‘ओ सजन २’ भर्खरै सार्वजनिक गरिएको छ। नरेश जोगीको शब्द तथा संगीत रहेको गीतमा अनु चौधरी, सोनु कुश्मी र संगीतकार जोगीको आवाज रहेको छ। भिडियोमा विक्रम चौहानको निर्देशन एवम् कोरियोग्राफी रहेको छ।
भिडियो:
 


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×