नेपालमा पहिलो पटक ‘द नेशनल डिजाइनर रनवे’ हुने

काठमाडौँ - मोडल संघ नेपालको आयोजनामा नेपालमै पहिलो पटक राष्ट्रियस्तरको फेशन डिजाइनर लक्षित ‘द नेशनल डिजाइनर रनवे’ हुने भएको छ। एक विज्ञप्ती जारी गर्दै आयोजक मोडल संघ नेपालले ‘द नेशनल डिजाईनर रनवे’ को जानकारीसहित आवेदन समेत खुलला गरेको हो।

आयोजक संस्थाका सिइओ डेबिल सिंह राजपुतले फेशन डिजाइन क्षेत्रको प्रवद्र्धन तथा पेशाकर्मीको व्यावसायिकता विकास गर्न रनवे आयोजना गर्न लागेको बताएका छन्। शोका लागि फेसन डिजाइनिङ सम्बन्धी प्रशिक्षण लिएका, लिँदै गरेका विद्यार्थी तथा फेसन डिजाइनिङ तथा बुटिक सम्बद्ध इच्छुक प्रतिस्पर्धीले आवेदन दिन सक्नेछन्।

राजपुतले प्रतियोगिताका उत्कृष्ट विजेताले शीर्ष उपाधीसहित नगद ५० हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजारसँगै विभिन्न उपहार प्राप्त गर्ने जानकारी दिएका छन्। उनका अनुसार ‘द नेशनल डिजाइनर रनवे’ को उत्कृष्ट १० भित्र रहन सफल हुने प्रतिस्पर्धीहरुले आफुले तयार गरेका फेशन डिजाईन थाईल्याण्डमा हुने ‘ग्लोवल फेशन रनवे’ को स्टेजमा प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×