पुँजीगत लाभकरलाई अन्तिम कर मान्न माग

पूँजीगत लाभकरलाई अन्तिम कर मान्दै आएका धितोपत्र बजारका लगानीकर्तालाई यतिबेला धक्का लागेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटसँगै ल्याएको आर्थिक विधेयकमा आर्थिक वर्ष २०७६/७७ देखिको आम्दानीमा आयकर लाग्ने कुरा उल्लेख भएपछि धितोपत्र बजारका लगानीकर्तालाई धक्का लागेको हो।

यस वर्षको आर्थिक विधेयकमा धितोपत्र र घरजग्गाको व्यावसायिक कासेचार गर्नेलाई छूटसम्बन्धी विशेष व्यवस्थाअन्तर्गत प्राकृतिक व्यक्तिले नियमित व्यवसायका रूपमा धितोपत्र जग्गा तथा घरजग्गा कारोबारको आय विवरण तथा कर दाखिला गर्न बाँकी रहेको भए आव २०७६/७७ देखि २०७८/७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐन, २०५८ बमोजिम लाग्ने करको ५० प्रतिशत रकम २०८० साल चैतभित्र दाखिला गरेमा त्यसमा लाग्ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा हुने उल्लेख छ। 
आर्थिक अभियान दैनिकबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×