काठमाडौँ - मदनमणि दीक्षितले लेखेको पुस्तक ‘माधवी’ को हिन्दी संस्करण प्रकाशनमा आएको छ। रत्नसागर प्रकाशन प्रा.लि.ले पुस्तकको हिन्दी संस्करण प्रकाशन गरेको हो। उत्तर वैदिककालीन उपन्यास नाम दिइएको उक्त पुस्तकको अनुवाद किरण मिश्राले गरेका हुन्।
पुस्तकको संयोजक जीवराज भट्टराई हुन् भने पुस्तकलाई हिन्दी संस्करणका लागि बीपी कोइराला नेपाल-भारत प्रतिष्ठानले सहयोग गरेको छ।
‘माधवी’ को कथा महाभारतको ग्रन्थ उद्योग पर्व, १०६-१२० को गालव आख्यानबाट लिइएको हो। दीक्षितको पहिलो उपन्यास ‘माधवी’को नेपाली संस्करण सन् १९८३ मा प्रकाशित भएको थियो। त्यही वर्ष पुस्तकले मदन पुरस्कार पाएको थियो।