एमालेको आजको चुनावी सभा दार्चुलाबाट सुरु

दार्चुला - नेकपा (एमाले)को चुनावी आमसभा आजबाट सुरु हुने भएको छ। सुदूर पश्चिम प्रदेशको दार्चुलाबाट सुरु हुने चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली आज धनगढीबाट हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका छन्। 

एमालेले ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुच्चे नक्सालाई समेत चुनावी एजेण्डा बनाउने ध्येयका साथ दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको बताइएको छ। ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा हुने चुनावी आमसभालाई सम्बोधन गरेका छन् भने त्यसपछि एमालेले आजै बैतडी र कञ्चनपुरमा पनि आमसभा गर्ने एमालेले बताएको छ। ती चुनावी सभालाई पनि ओलीले सम्बोधन गर्नेछन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×