पुरानो गाडी दिएर जिप कम्पास खरिद गर्न 'जिप एक्सचेन्ज इभेन्ट'

काठमाडौँ - एमएडब्लु लाइफले जिप एक्सचेन्ज इभेन्ट 'अपग्रेड योर एड्भेन्चर' सुरू गरेको छ। 

नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफ हो। कम्पनीले पुरानो गाडीलाई एक्सचेन्ज गरेर (साटेर) नयाँ जिप कम्पास खरिद गर्न चाहने ग्राहकका लागि बिहीबारदेखि लागु हुने गरी देशव्यापी रूपमा यो एक्सचेन्ज इभेन्ट आयोजना गरेको हो। यो एक्सचेन्ज इभेन्टमा ग्राहकले आफ्नो जुनसुकै ब्रान्डको पुरानो गाडीको बजारमा सबैभन्दा उच्च मूल्य र स्पट फाइनान्सिङको सुविधा पाउनेछन्। साथै, ग्राहकले एक वर्षका लागि निःशुल्क इन्स्योरेन्स, एक वर्षका लागि निःशुल्क सडक कर र एसेसोरिज पाउनेछन्। 

यसबीच, एमएडब्लु लाइफले २०२२ कम्पासका सबै मोडेल अधिकतम ७० प्रतिशत फाइनान्सिङ र १२ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने भएको छ। जिपले मात्र २४ घन्टामा लोन स्विकृत गरी ग्राहकलाई जिप डेलिभरी गर्ने व्यवस्था पनि मिलाएको छ। ग्राहकले जिप एक्सचेन्जबारे विस्तृत जानकारी जिप एक्सचेन्जमा लग-इन गरेर पाउन सक्नेछन्। 

कम्पनीका अनुसार कम्पास २०२२ सार्वजनिक भएसँगै छोटो समयमै बजारमा राम्रो प्रतिक्रिया पायो। प्रिमियम एसयुभी सेग्मेन्टमा कम्पासको बिक्री पनि उल्लेखनीय रूपमा बढेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×