झापाबाट ब्राउन सुगरसहित चारजना पक्राउ

झापा - झापामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित चार युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-७ निवासी २४ वर्षीय मीनबहादुर उप्रेती, सोही ठाउँका २४ वर्षीय अमृत सुन्दास, मेचीनगर-८ निवासी २० वर्षीय सुसन राजवंशी र बुद्धशान्ती गाउँपालिका-१ निवासी ३२ वर्षीय अर्जुन तामाङ रहेको प्रहरी कार्यालय झापाले जनाएको छ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ चेकजाँचको क्रममा उनीहरूलाई मेचीनगर-७ बाट ४ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

ब्राउन सुगरसहित पक्राउ परेका चारैजनालाई आवश्यक कारवाहीका लागि  इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×