चीनको चासो स्वाभाविक

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै नेपालको भूमिबाट चीनलाई कुनै खतरा हुन्छ भनेर चासो व्यक्त गर्नु स्वाभाविक भएको बताएका छन्।

 “नेपालको भूमिबाट चीन र भारतले आफूहरु विरोधी गतिविधि हुन्छ कि भनेर चासो राख्नुलाई हामी अस्वाभाविक मान्दैनौँ, नेपाल असंलग्न परराष्ट्र नीति अँगाल्ने देश हो भनेर हामी भन्न चाहन्छौँ,” उनले भने, “नेपालको भूमि शान्ति भूमि हो, अशान्त हुन सक्दैन, नेपाल कुनै पनि गतिविधिमा संलग्न हुँदैन। नेपालबाट छिमेकी ढुक्क भए हुन्छ। हामी त्यस्तो हुन दिँदैनौँ।”

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×