चिलीको अपिल दोस्रोपटक पनि खारेज

काठमाडौँ - चिलीले इक्वेडरको कतार विश्वकप २०२२ सहभागिता रद्दका लागि फिफासमक्ष गरेको अपिल दोस्रोपटक पनि खारेज भएको छ। चिलीले केही साताअघि दोस्रोपटक गरेको अपिललाई फिफाले शुक्रबार खारेज गर्दै इक्वेडरलाई विश्व खेल्ने बाटो खोलिदिएको हो।

चिलीले यसअघि पनि इक्वेडरले विश्वकप छनोटमा गैर-नागरिक खेलाएकाले उनीहरूको छनोट बदर हुनुपर्ने भन्दै अपील गरे पनि फिफाले त्यसलाई खारेज गरेको थियो।

इक्वेडरका डिफेन्डर बेरोन कास्टिलो गैर-नागरिक भएको दाबी गर्दै आएको चिली फुटबल संघ (एएनपिए) ले कास्टिलो इक्वेडरमा नभई कोलम्बियामा जन्मिएको दाबी गरेको छ।  उनले इक्वेडरबाट विश्वकप छनोटको ८ खेल खेलका थिए, जसमा चीलीविरुद्धको २ खेल पनि सामेल छ।

इक्वेडरले फिफा विश्वकप दक्षिण अमेरिकी छनोटको चौथो स्थानमा रहँदै कतार विश्वकपमा स्थान बनाएको हो। सातौँ स्थानमा रहेको चिलीले भने विश्वकप छनोटको प्लेअफमा पनि स्थान बनाउन सकेन।

इक्वेडर आयोजक कतार, सेनेगल र नेदरल्याण्ड्सँगै फिफा विश्वकपको समूह ‘ए’ मा रहेको छ। उसले उद्धाटन खेलमा आयोजक कतारसँग खेल्दै प्रतियाेगिताकाे सुरूवात गर्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×