काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक भृकुटीमण्डपमा जारी छ।
भित्र केन्द्रीय कमिटी बैठक चलिरहँदा बाहिर भने महाधिवेशन प्रतिनिधि र कार्यकर्ताबीच भावी नेतृत्व र संगठनको दिशाबारे चर्को छलफल भइरहेको छ।
बन्दसत्र स्थलबाहिर कार्यकर्ताहरूको घनिभूत उपस्थिति देखिएको छ। महाधिवेशनलाई लिएर कार्यकर्ताहरूको चासो र सक्रियता स्पष्ट देखिन्छ।