वरीयतामा नेपालभन्दा पछि रहेका दुई राष्ट्रका महिला टोलीलाई ओडीआई मान्यता

काठमाडौँ - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पपुवा न्यूगिनीसहित पाँच एसोसियट राष्ट्रका महिला क्रिकेट टोलीलाई ओडीआई मान्यता प्राप्त प्रदान गरेको छ। आईसीसीले बुधबार पपुवा न्यूगिनीसँगै थाइल्यान्ड, अमेरिका, नेदरल्यान्ड्स र स्कटल्यान्डलाई ओडीआई मान्यता प्रदान गरेको हो।

थाइल्यान्डबाहेक अन्य चार टोलीका पुरुष टोली ओडीआई मान्यता राष्ट्र हुन्। थाइल्यान्ड महिला टी२० आई वरीयतामा १०औं स्थानमा रहेको छ। 

यता, स्कटल्यान्ड १३औं, पपुवा न्यूगिनी १४औं, नेदरल्यान्ड्स २०औं र अमेरिका २७औं स्थानमा रहेका छन्। 

नेपालभन्दा वरीयतामा पछि रहेका दुई राष्ट्र अमेरिका र नेदरल्यान्ड्सका महिला टोलीले पनि ओडीआई मान्यता पाएका छन्। नेपाल भने १६औं स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×