बिचरा काँग्रेसको माया लाग्छ, लौरो टेक्दा नि नअडिएर प्रचण्ड खोज्दैछ - ओली

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले लोकतन्त्रलाई गलत दिशातर्फ लगेको बताएका छन्। शनिवार काठमाडौँमा भएको लोकतान्त्रिक शेर्पा संघको दोस्रो महाधिवेशन कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले लोकतन्त्रको गलत अभ्यास गर्दै मुलुकलाई द्वन्द्वतर्फ लैजान खोजेको आरोप लगाए। उनले चुनावमा प्रतिस्पर्धा भन्दा पनि शत्रुताको अभ्यास गर्न खोजेको उल्लेख गरे। 

अध्यक्ष ओलीले भने उनले भने–‘नेकपा एमाले लोकतन्त्रमा विश्वास गर्छ। लोकतन्त्रमा शत्रुता गर्ने हैन। अस्तिको निर्वाचनमा हामीले देख्यौँ बुथ कब्जा गरे। मारामार गरे। भोट पाउनका लागि आफ्नै पल्ला घरको भाइलाई दिदीलाई मारेर पनि जित हुन्छ। त्यसैले मैले भन्नु गर्छु लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ शत्रुता हुँदैन।  अहिलेको गठबन्धनवालाहरू प्रतिस्पर्धा गर्न आँट गरिरहेका छैनन्, शत्रुता गर्न खोजिरहेका छन्। त्यो लोकतान्त्रिक तरिका हैन।’

उनले चुनावमा शत्रुता नगरी प्रतिस्पर्धा गर्न आग्रह गर्दै जति कमजोरसँग शत्रुता गरेपनि द्वन्द्व सिर्जना हुने बताए। 

उनले भने–‘तपाईंले सानो मुसा समात्नुभयो भनेपनि त्यसले तपाईंको औला त टोक्छ नी। अलिकति कमजोर छ भनेर दमन गरेपछि त्यसले थोरै भए पनि हानी गर्न त खोज्छ नै। त्यसले समाजमा द्वन्द्व सिर्जना गर्छ। राजनीतिमा प्रतिस्पर्धा गरौँ न किन मारामार गर्ने ? त्यसकारण यो गठबन्धन एक्लै चुनाव लड्ने आँट नै गर्दैन।’

एमाले अध्यक्ष ओलीले काँग्रेसप्रति कटाक्ष गर्दै आफ्नै खुट्टामा उभिन नसकेको आरोप लगाए। उनले भने–‘बिचरा काँग्रेस माया लाग्छ मलाई, हेर्दा हेर्दै काँग्रेस के भएको ? लौरो टेकेर पनि नअडिने भइसक्यो। खुट्टै टेक्न नसक्ने भइसक्यो अनि प्रचण्ड खोजेको अर्को खोजेको छ लौन भनेको छ। के भएको काँग्रेसलाई ? अर्को कुरा काँग्रेसले गलत नियतका मान्छेको सङ्गतमा हो कि वा आफ्नै नियतमा हो लोकतन्त्रलाई गलत दिशा लान खोजेको छ। जसले भोलि देशमा द्वन्द्वको अवस्था सिर्जना हुन सक्छ। त्यसमा विदेशीले खेल्न सक्छ, देशभित्र परस्पर दुस्मनी भयो भने अरूले त्यसमा फाइदा लिन्छन्।’

उनले काँग्रेसको दिमागमा केही नभएको बताए। बहुदल आएपछि २१ वर्ष सरकारमा बसे पनि काँग्रेसले गरेको एउटा पनि काम नरहेको बताए। कम्युनिस्टको सरकार आए बूढाबूढीलाई गोली हानेर मार्छ भनेर हल्ला चलाउने गरेको आरोप लगाए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×