उरुग्वेविरुद्ध पोर्चुगलको परीक्षा

काठमाडौँ - पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले घानाविरुद्धको खेलमा इतिहास नै बनाए। विश्वकपको लगातार ५ संस्करणमा गोल गर्ने रोनाल्डो एक्लो खेलाडी बने। सो खेलमा उनी म्यान अफ दी म्याच पनि भएका थिए।

अब पोर्चुगलले सोमबार उरुग्वेसँग प्रतिस्पर्धा गर्दै छ। यस खेलमा रोनाल्डोले नेतृत्व गरेको पोर्चुगल टोलीलाई अर्काे ‘टास्क’ थपिएको छ। दोहास्थित लुसेल आइकोनिक मैदानमा पोर्चुगल लुइस सुआरेज सम्मिलित उरुग्वेसँग भिड्दै छ। सन् २०१६ को युरो विजेता पोर्चुगलले घानाविरुद्धको रोमाञ्चक ३-२ को जितसँगै समूह ‘एच’मा ३ अंक जोडेर बलियो स्थितिमा छ। लगातार २ खेलमा जित निकाली प्रशिक्षक फर्नान्डो सान्तोषले पोर्चुगललाई प्रिक्वार्टरफाइनलमा पुर्याउने लक्ष्य राखेका छन्। जितसँगै पोर्चुगल शीर्ष स्थानमा रहनेछ।

लियोनल मेस्सी र सुआरेजबीचको सम्बन्ध निकै सुमधुर भएकाले पनि रोनाल्डोसँगको भेटलाई अर्थपूर्ण रूपमा हेरिन्छ। सदाबहार मेस्सीको प्रतिस्पर्धामा रहँदा रोनाल्डो र सुआरेजको समेत सम्बन्ध त्यति सुमधुर छैन। त्यसैले पनि सुआरेज पोर्चुगललाई मात्र नभएर पोर्चुगललाई पाखा लगाउन खरो रूपमा मैदानमा उत्रनेछन्।

अट्याकिङ लाइन बलियो बनाएको उरुग्वे पहिलो खेलमा दक्षिण कोरियासँग अंक बाँड्न बाध्य भएको थियो। दोस्रो खेलमा औसत टोली पोर्चुगललाई पराजित गर्दै डिएगो अलोन्सोको उरुग्वे नकआउटको सम्भावना कायम राख्न चाहन्छ। हार र बराबरीले मात्रै उरुग्वेको सम्भावना निकै कम हुनेछ।

पोर्चुगिज प्रशिक्षक सान्तोषलाई टोलीमा समेत दबाब छैन। राफयल लिआओ निकै लयमा छन्। नुनो मेन्डिससमेत राम्रो विकल्प बनेका छन्। रोनाल्डोसँगै पोर्चुगललाई ब्रुनो फर्नान्डेज, जोआओ फेलिक्स, बर्नान्डो सिल्भा, जोआजो कन्सेलो, रुवेन डिआसजस्ता खेलाडीको साथ छ।

यता, उरुग्वेसमेत सुआरेजसँगै डार्विन नुनेज, फेडेरिको भाल्भर्डे, इडिसन काभानी, डिअगो गोडिन, रोड्रिगो बेनटान्करको उत्कृष्ट प्रदर्शनमा पहिलो जित निकाल्ने दाउमा छ। २ बीच हालसम्म भएको ३ भेट बराबरको स्थितिमा सकिएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×