काठमाडौँ - घरजग्गा कारोबारमा भारी गिरावट आएको छ। गिरावटसँगै सरकारको राजस्व पनि घट्न थालेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत वर्षको तुलनामा यस वर्षको असोजमा घरजग्गा कारोबारमा ह्वात्तै कमी आएको हो।
गत वर्षको असोजमा देशभरमा कुल ५९ हजार २ सय २७ वटा जग्गा कारोबार भएकोमा यस वर्षको असोजमा २५ हजार ७ सय ८९ वटा मात्र जग्गा कारोबार भएको तथ्याङ्क रहेको छ। गत भाद्रको तुलनामा पनि असोजमा जग्गाको कारोबार खस्केको छ। गत भाद्रमा ३४ हजार ७ सय २० वटा लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ। विभागका अनुसार असोज महिनामा सर्लाहीको बलरा, काठमाडौँको मनमैजु, रसुवा, गोरखा, सिर्दिवास, मनाङ, बझाङ मालपोत कार्यालयमा एउटा पनि लिखत पारित भएको छैन।
राजधानी दैनिकबाट