काठमाडौँ। नेपाली चलचित्रका अभिनेता पल शाह अहिले ठूलो विवादमा मुछिएका छन्। उनीविरुद्ध नाबालिकमाथि करणी गरेको आरोप लागेको छ। सोहि कारण प्रहरीमा उजुरी समेत परेको छ। हाल प्रहरीले उनको खोजि गरिरहेको छ।
उजुरी परेपछि पलले आफ्नो फेसबुकमार्फत आफूविरुद्ध गायक दुर्गेश थापा, कृष्ण जोशी आदिले षडयन्त्र गरेको बताएका थिए। यसैबिच कृष्ण जोशीले शुक्रबार एक युट्युब च्यानललाई अन्तर्वार्ता दिएका छन्। जसमा उनले पलसँगको व्यक्तिगत मनमुटावका कारण यस्तो गरेको बताएका छन्।
आफूलाई आफ्नो गल्ति महसुस भएकाले आफू अन्तर्वार्ता दिन आको उनले जना'एका छन्। उनले भने ‘यो त सानो कुरा बाहिर आएको हो,अझ ठूला ठूला कुरा आउन नै बाँकी छ। हामीले गेम बनाएर पल शाहलाई सकाउने रणनीति बनाएका थियौँ ।’
उनले दुर्गेश थापाले पललाई सिध्याउने रणनीति बनाएको पनि बताएका छन्। उनले भने ‘सिध्याइदिनु पर्छ, दुर्गेश दाइले त भन्नु भएको थियो, मेरो मनले यो गलत भएको हो भन्छ।"
उनले पलको अवस्था देखेर आफ्नो मन पग्लिएको समेत बताएका छन्।