काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले डेङ्गु नियन्त्रणमा सरकारको ध्यान जान नसकेको आरोप लगाएका छन्। शुक्रबार काठमाडौं चावहिलको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले डेङ्गु नियन्त्रणमा जिम्मेवारी बहन गर्न सरकार चुकेको बताए।
उनले चाडबाडका बेला डेङ्गु को प्रकोप बढ्ने देखिएकाले तीनै तहको सरकारले त्यसमा ध्यान दिएर काम गर्नुपर्ने बताए।
राजनीतिको प्राथमिकतामा चुनाव जित्ने र सरकार बनाउने मात्रै भएको थापाको आरोप छ। पार्टीभित्र अवसरका लागि विद्रोह गर्नुपर्ने अवस्था आउनु दुखद् भएको भन्दै नेता कार्यकर्तालाई समान व्यवहार गनै उनले पार्टी नेतृत्वको ध्यानाकर्षण गराए।