दिपेश र जुना अभिनित 'पन्छी' सार्वजनिक

काठमाडौँ - मोडलिङ र अभिनय क्षेत्रमा भविष्य खोजिरहेका युवा जमात ठूलो छ। कतिपयले यो क्षेत्रलाई नबुझेर अघि बढ्दा दुख पाउने सम्भावाना धेरै हुन्छ। कलाकारिता क्षेत्रको एउटा तितो यथार्थलाई समेटर तयार पारिएको म्युजिक भिडियो 'पन्छी' सार्वजनिक भएको छ।  

यस गीतमा गायक केतन क्षेत्रीको स्वर रहेको छ। गीतमा शब्द अमेरिकाको ओहायो निवासी गीतकार रमेश लुइँटेलको रहेको छ भने संगीत हेमन्त शिशिरको रहेको छ। भिडियोमा दिक्पाल कार्की, दिपेश परियार, जुना कार्की, मनोज कार्की र सजिना राईको अभिनय रहेको छ।  

सुजन श्रेष्ठले छायाँकन गरेको यस भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन्। मुनालशिशिर कोइरालाको परिकल्पना र निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो 'नेपाली मेलोडिज' नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×