म्याड्रिड डर्बीमा रियाल म्याड्रिडको शानदार जीत

काठमाडौँ - स्पेनिस लिग ला लिगा अन्तर्गत भएको ‘म्याड्रिड डर्बी’मा साविक विजेता रियाल म्याड्रिडले शानदार जीत निकालेको छ। आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको एथ्लेटिको म्याड्रिडलाई २-१ गोलले पराजीत रियाल म्याड्रिडले आफ्नो विजयी यात्रालाई निरन्तरता दिएको हो।

इस्टाडियो वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा म्याड्रिडलाई जीत दिलाउन रोद्रिगो र फेडेरिको भाल्भेर्डेले १-१ गोल गरेका थिए। एथ्लेटिको लागि मारियो हेर्मोसोले १ गोल फर्काएका थिए। खेलको १८ औं मिनेटमा टोचुमिनीको पासमा रोद्रिगोले गोल गर्दै रियाललाई अगाडि बढाएका थिए। ३६ औं मिनेटमा भाल्भेर्डेले गोल गर्दै रियललाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाए।

८३ औं मिनेटमा हेर्मोसोले गोल गर्दै एथ्लेटिकोलाई २-१ गोलको स्थितिमा ल्याएका थिए। इन्जुरी समयमा हेर्मोसो रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि एथ्लेटिको १० खेलाडीमा समेटिएको हो। बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा रियल २-१ गोलले विजयी भएको हो।

जीतसँगै म्याड्रिड ६ खेलबाट १८ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ। पराजीत एथ्लेटिको समान खेलबाट १० अंकको साथ छैटौं स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×