ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पुग्यो साढे ६ लाख

एजेन्सी - ब्राजिलमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या साढे ६ लाख नाघेको छ। गत २४ घण्टामा ३७० जनाको मृत्यु भएको पुष्टि भएसँगै कोभिडबाट मृत्यु हुनेको संख्या  छ लाख ५० हजार पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ। 

पछिल्लो २४ घण्टामा ३० हजार ९९५ जना नयाँ कोभिड–१९ सङ्क्रमण भएको सरकारी तथ्यांकमा जानकारी गराइएको थियो। यसले गर्दा कूल सङ्क्रमित सङ्ख्या दुई करोड ८८ लाख १६० पुगेको छ। यहाँ कोभिड–१९ मृत्युदर प्रतिएक लाख व्यक्तिमा ३०९ रहेको र सङ्क्रमण दर प्रति एक लाखमा १३ हजार ७२५ पुगेको छ।

कोभिडका कारण सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ।  ब्राजिल कोभिड–१९ का कारण मृत्यु हुने हुनेमा दोस्रो स्थानमा  छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×