छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु

काठमाडौं - काठमाडौं महानगरपालिका–१३ बाफलपुल नजिक सडकमा बा. प्र ०२–०२८ च ८८०३ नम्बरको कारले ग.१७ प ४५५५ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार नुवाकोट घर भई काठमाडौं थानकोट डेरा गरी बस्ने  ४९ वर्षीया निर माया तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नेपाल नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

नवलपरासी पूर्वको विनयीत्रिवेणी गाउँपालिका–५ देउरालीमा लु.१ ख ६३९० नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६८ वर्षीय दिल बहादुर रखालको शुक्रबार राति घटनास्थलमै मृत्यु भएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । सुनसरीको बर्जु गाउँपालिका–६ बागेश्वरी मन्दिरस्थित सडकमा को.१० प ८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई  शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार देवानगंज गाउँपालिका–७ हाकपारा बस्ने २२ वर्षीय निरज उरावको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

उदयपुरको कटारी नगरपालिका–७ मर्जेतपुर गोडडाँडास्थित सडकमा कटारीदेखि थलियातर्फ जाँदै गरेको ना.१ ज ८३३३ नम्बरको बोलेरो अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा सो बोलेरोमा सवार सोही नगरपालिका–८ थलिया बस्ने ७० वर्षीय बिर बहादुर तामाङ र ३३ वर्षीया कुमारी भन्ने लालकुमारी तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बिर बहादुरको कटारी अस्पतालमा र लालकुमारीको बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १० जनामध्ये ३ जनाको नोबेल अस्पतालमा, ४ जनाको न्यूरो अस्पतालमा, १ जनाको बिराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ भने २ जनालाई थप उपचारको लागि अन्य अस्पातलतर्फ लगिएको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

कास्कीको पोखरा महानगरपालिका–७ बुलौदीस्थित सडकमा बा.प्र.०२–०३४ प ५६२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका कैलाली जानकी गाउँपालिका–३ घर भएका २८ वर्षीय महेश आचार्य र जानकी गाउँपालिका–९ बस्ने ३२ शैलेन्द्र कुमार उपाध्यायको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।  

सप्तरीको खडक नगरपालिका–११ बनौलीस्थित सडकमा मधेस प्रदेश ०६–००१ प ०६०५ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री बोदेबर्साईन नगरपालिका–२ बैरिया बस्ने ३५ वर्षीय राम प्रकाश यादवको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिवन ज्योती अस्पताल बोदेबर्साईनमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको प्रिन्सी अस्पताल कल्याणपुरमा उपचार भइरहेको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–८ छातापिपरास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका–७ पहाडी टोल बस्ने ३२ वर्षीय शेख अफलातुनको शनिबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । 

मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेस्थित सडकमा हेटौंडाबाट बुटवलतर्फ जाँदै गरेको लु.२ च ७३२७ नम्बरको पिकअप गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय सिताराम अधिकारीको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडियास्थित सडकमा ईटहरीबाट बेलबारीतर्फ जाँदै गरेको प्र.१–०१–००१ ख ४०३४ नम्बरको बसको ठक्करबाट पैदलयात्री भारत लुवाघाट बस्ने ५२ वर्षीया मिरा कुमारी श्रेष्ठको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ । दुर्घटनाका  सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×