काठमाडौँ - विश्व व्यापार संगठनकी महानिर्देशक एनगोसी ओकोन्जो इबेयलाले यूक्रेन संकटका कारण खाद्य पदार्थको मूल्य वृद्धि भएको दावी गरेकी छन्। उनका अनुसार खाद्य पदार्थको मूल्य वृद्धि भएपछि खाद्य संकट पनि बढ्ने खतरा देखिएको छ।
खाद्य पदार्थमा भएको मूल्य वृद्धि र खाद्य संकटको असर सबैभन्दा बढी गरिब देशहरूमा पर्न सक्ने पनि उनले बताइन्। खाद्य पदार्थको मूल्य वृद्धि र खाद्य संकटका कारण ठूलो मानवीय क्षति समेत हुन सक्नेमा उनले चिन्ता व्यक्त गरिन्।
विश्वका धेरै देशमा खाद्य संकट सँगै उर्जा संकट पनि मुख्य समस्याका रुपमा देखिँदै गएको र यो अझ बढ्न सक्ने उनको भनाई रहेको छ। उर्जा संकटका रुपमा उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र अभावलाई समेत संकेत गरेकी छन्।