झापा - प्रजातान्त्रिक आन्दोलनका योद्धा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति पूर्णानन्द शर्मा दाहाललाई आज सम्मान गरिएको छ। भरत बाबु (सिके प्रसार्ईं) को २८औँ स्मृति दिवसमा उनलाई विर्तामोडमा सम्मान गरिएको हो।
कांग्रेसको विरासतलाई गर्विलो उचाइमा पु-याउन उनले खेलेको भूमिकाको कदर गर्दै शर्मालाई सम्मान गरिएको सिके चिन्तन प्रतिष्ठानका अध्यक्ष टीका प्रसाईंले राससलाई बताए। प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनलाई नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सम्मान गरेका छन्।