काठमाडौँ। दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्र ‘हनी बनी’को प्रदर्शन मिति घोषणा गरिएको छ। चलचित्र आउँदो वर्षको दशैँ यानिकी असोज १४ गतेबाट प्रदर्शनमा आउने भएको छ।
चलचित्रमा अनमोल केसी र सलोन बस्नेत मुख्य भुमिका रहने छन् भने मुख्य अभिनेत्री भने चयन भइसकेको छैन। पुरुषोत्तम प्रधानको छायांकन रहने चलचित्रको छायांकन मार्चबाट सुरु हुनेछ। निर्माता अजित कुमार थापाका अनुसार बाँकी कलाकारहरुको टुंगो पनि चाडै लाग्नेछ।
लण्डनमा समेत छायांकन गरिने भनिएको चलचित्रमा एबी इन्टरनेशलको प्रस्तुती रहनेछ। गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिडेटको सहकार्यमा बन्न लागेको चलचित्रका निर्माता अमित बस्नेत, अजित केआर थापा र परी राना रहेका छन् भने अंकित गौतम कार्यकारी निर्माता रहेका छन्।
चलचित्र करिब ७ करोडको लगानीमा बन्न लागेको हो।