राजा घोषणा समारोहमा चार्ल्स तृतीय 'रिसाएको' भिडियो भाइरल

काठमाडौँ - नयाँ राजालाई आधिकारिक रूपमा राजा घोषणा गर्ने समारोहमा शाही सहयोगीसँग ‘रिसाएको’ राजा चार्ल्स तृतीयको  भिडियो इन्टरनेटमा भाइरल भएको छ।

बिहीबार महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि, एक्सेन्सन काउन्सिलले शनिबार राजा चार्ल्सलाई आधिकारिक उत्तराधिकारी घोषणा ग¥यो। यद्यपि, उत्तराधिकारी घोषणामा हस्ताक्षर गर्नुअघि राजाले कागजातहरूमा आफ्नो नाम लेख्नअघि डेस्क खाली गर्न सहयोगीलाई रिसाउँदै इसारा गरेका थिए।

क्लिपमा राजा चाल्र्स सानो डेस्कमा पेन बक्स र मसी दुवै भएकोमा निराश देखिन्थे। उनले सहयोगीलाई डेस्क खाली गरेर सामानहरु पुनः व्यवस्थित गर्न  इशारा गरेका थिए। कागजातहरू राखेपछि  राजा चार्ल्सले फेरि एक सहयोगीलाई टेबुलबाट पेन बक्स हटाउन संकेत गरेका थिए। त्यसपछि उनले ऐतिहासिक दस्तावेजमा हस्ताक्षर गरेका थिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×