धनकुटाको मूलघाट केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ - धनकुटाको मूलघाट केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि शनिबार राति इलामको बिब्ल्याँटे बजार केन्द्रबिन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो। केही दिन पहिले पश्चिम नेपाल केन्द्रबिन्दु भएर भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×