काठमाडौँ। प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आकासे खेती’को गीत ‘चिटिक्कै परेर आइछेउ’ सार्वजनिक भएको छ। हरि उप्रेतीको शब्द, राजेश पायल राई, लोक पौडेल, अञ्जु पन्त र सुम्निमा इङ्नामको आवाज र विकास चौधरीको संगीत रहेको गीतको भिडियोमा गौरव पहारी, विल्सन बिक्रम राई, बुद्धि तामाङ, नीता ढुंगाना, मरिश्का पोखरेल, रविन्द्र झा आदि कलाकारहरुलाई देख्न सकिन्छ।
आउँदो फागुन २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र उदय सुब्बाले निर्देशन गरेका हुन्। केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङबाङ, दीलप्रकाश याक्सो निर्माता रहेको चलचित्रको सम्वाद कलाकार विल्सन बिक्रम राईले लेखेका हुन्। निर्देशक उदय सुब्बाको कथा रहेको चलचित्रमा बिक्रम डिसीको छायांकन, सुजन बडालको सम्पादन, राजु किरातीको द्वन्द्व, रामजी लामिछाने र राजिव सिंहको नृत्य, विकाश चौधरी र बादल लिब्बुको संगीत रहेको छ।
भिडियो: