काठमाडौँ - बलिउडका पुराना अभिनेता विक्रम गोखलेको निधन भएको छ। ७७ वर्षीय गोखलेको पुनेस्थित दीनानाथ मंगेशकर अस्पतालमा निधन भएको हो।
चलचित्र र थिएटर दुवैतिर नाम कमाएका उनको ‘मल्टिपल अर्गान फेलिएर’ का कारण ज्यान गएको अस्पतालले जनाएको छ। उनी नोभेम्बर ५ देखि अस्पताल भर्ना भएका थिए।
मराठी थिएटरबाट कलायात्रा सुरु गरेका उनले अमिताभ बच्चन अभिनित परवाना नामक फिल्मबाट डेब्यु गरेका थिए। उनले अग्निपथ, हम दिल दे चुके सनम, भुलभुलैया, ब्याङ ब्याङजस्ता फिल्ममा अभिनय गरेका थिए।
उनले धेरै मराठी फिल्ममा पनि अभिनय गरेका थिए।