थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ - पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा २५६ जना र तीन हजार ५९० जनाको एन्टिजेन परीक्षण गर्दा ५६ जना गरी ३१२ जनामा संक्रमण पुष्टि भएको हो।

यही अवधिमा दुईजनाको मृत्यु भएको छ भने ९११ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×