काठमाडौँ - च्याम्पियन्स लिगको फाइनल खेल सुरु हुन आधा घण्टा ढिला हुनुको कारणबारे अनुसन्धान सुरु गरेको युरोपेली फुटबल एसोसिएसन (यूएफा) ले जनाएको छ।
फाइनल खेल सुरु हुन पूर्वनिर्धारित समयभन्दा ३६ मिनेट ढिला भएको थियो। फाइनल खेल हेर्नका लागि स्टेडियमभित्र प्रवेश गर्न चाहने लिभरपुलका समर्थकहरुको लामो लाइन लागेको थियो। त्यही भिड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको थियो।
फ्रान्सका खेलमन्त्री लगायतका अधिकारीहरुले टिकट बिक्रीमा संगठित रुपमा हेरफेर गरिएको तथा रियल मडि्रडका समर्थकहरुलाई पक्षपात गरेको गुनासो गरेका थिए। भने लिभरपुलका अध्यक्ष टोम वेरनरले फ्रान्सका खेलमन्त्रीलाई पत्र लेखेर माफी माग्न भनेका थिए।
युएफाले सम्बन्धित पक्षसँग सबै प्रमाण जुटाएर स्वतन्त्र जाँच गर्ने र रिपोर्ट सार्वजनिक भएपछि मात्रै आवश्यक कदम चाल्ने जनाएको छ।