काठमाडौँ। जात व्यवस्थामाथी प्रश्न उठाउदै दिप्रस ब्रदर्सले 'जात' बोलको गीत लिएर आएको छ। गीतमा दिप्रस ब्रोदर्सको शब्द, संगीत तथा आवाज रहेको छ भने अर्जुन कटुवालको संयोजन रहेको छ। बिभिन्न सत्यघट्नामा आधारित गीतको म्युजिक भिडियोमा जात व्यवस्थाका कारण समाजमा ज्यान गुमाएकाहरूको मार्मिक कथा देखाईएको छ। गीतको भिडियोमा प्रखर चापागाईं, दिपक बराइली, सरोज रसाइली, रोहन चापागाईं, बिष्णु बुढाथोकी, नवराज गहतराज र साहिल मगरको अभिनय रहेको छ। युवराज श्रेष्ठको निर्देशन रहेको गीतको भिडियो 'ओयसआर डिजिटल'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
भिडियो: