यी हुन् एमालेबाट सरकारमा सहभागी हुने मन्त्रीहरू

काठमाडौं । नेकपा एमालेले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको छ ।

एमालेको भागमा परेका अर्थसहित सञ्चार तथा सूचना प्रविधि, भौतिक पूर्वाधार तथा यातायात, रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्ने गरी लगभग मन्त्रीको टुंगो लागेको छ ।

एमाले उच्च स्रोतका अनुसार उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेलले सम्हाल्नेछन् भने पृथ्वीसुब्बा गुरुङलाई सञ्चार मन्त्रालय दिने टुंगो लागेको छ।

यस्तै विद्या भट्टराई शिक्षा मन्त्री बन्दैछिन् । एमालेबाट दामोदर भण्डारी उद्योग मन्त्री, राजकुमार गुप्ता सामान्य प्रशासन र बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी मन्त्री बन्ने भएका छन् ।

एमालेले दामोदर र बलरामलाई पुरानै मन्त्रालयमा पठाउने निश्चित जस्तै छ । दुबैजना प्रचण्ड नेतृत्व सरकारमा पनि सोही मन्त्रालयमा मन्त्री थिए।

यता राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल भौतिक पूर्वाधार मन्त्री बन्दैछन् भने मानविर राईलाई रक्षा मन्त्रालयको दिइने भएको छ ।

एमालेबाट मन्त्री बन्नेमा विद्या भट्टराई, राजकुमार गुप्ता, देवेन्द्र दाहाल, मानवीर राई पहिलो पटक मन्त्री बन्न लागेका हुन् ।

यसअघि एमालेबाट मन्त्री बन्नेहरुमा योगेश भट्टराई, छविलाल विश्वकर्मा र कृष्णगोपाल श्रेष्ठको पनि चर्चा थियो ।

आइतबार प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउने कार्यक्रम छ ।

यसअघि राष्ट्रपति पौडेलले आइतबार संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×