सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

काठमाडौँ - आज आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौता टेबल गर्ने सन्दर्भमा सत्ता गठबन्धनमा आबद्ध सम्पूर्ण दलको बैठक बसिरहेको छ।

गठबन्धन बैठक एमसिसी सम्झौता संसदमा टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्नेलगायतला विषयमा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा यतिबेला जारी छ। गत शुक्रबार बिहान बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक निष्कर्षमा नपुगेकाले पुनः छलफल गर्न आज बिहान १० बजे बस्ने गरी टुङ्गिएको थियो। एमसिसी सम्झौता संसदमा टेबल गर्नेबारेमा सत्ता साझेदार दलहरू सकारात्मक देखिएकाले आजको बैठकले साझा अवधारणा ल्याउने विश्वास गरिएको छ। सत्ता साझेदार दलहरूमा सहमति हुन सके आजै बस्ने प्रतिनिधिसभा बैठकमा एमसिसी टेबल गर्न सकिने स्रोतले जनाएको छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरू सहभागी छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×