काठमाडौं । इण्डियन प्रिमियिर लिग क्रिकेटमा पञ्जाव किंग्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ । चेन्नईको एमए चिदम्बरम स्टेडियममा घरेलु टोलीले दिएको १६३ रनको लक्ष्य पञ्जावले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।
चेन्नईको जारी आईपीएलमा पाँचौं हार हो । चेन्नईको १० खेलमा १० अंक छ । पराजित भए पनि अंक तालिकाको चौथो स्थानमा यथावत छ । तर, चेन्नईको नेट रन रेट घटेको छ । उता, जितपछि पञ्जाब किंग्सले तालिकामा ८ अंक बनाएको छ । १० खेलमा चौथो जित हात पारेको छ । टोलीले ६ खेलमा हार बेहोरेको छ । पञ्जाब अंक तालिकाको सातौं स्थानमा पुगेको छ । यसको नेट रन रेटमा पनि सुधार भएकाले प्लेअफको आशा जीवितै छ ।